आर्सनलका स्टार फुटबलर मेसुट ओजिलले आर्सनलको मस्कट गनर्ससाउरसलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । आर्सनलले कोरोना भाइरसको महामारीका कारण २७ बर्षपछि आर्सनलको मस्कट बनेर क्लबको सेवा गरिरहेका जेरी क्वूयलाई मस्कटको सेवाबाट हटाउने निर्णय गरेसँगै ओजिलले उनको पारिश्रमिक दिने घोषणा गरेका हुन् । आर्सनलले अहिले कोरोनाका कारण बिना दर्शक खेल भइरहेकाले उनको सेवा आवश्यक नभएको बताएको थियो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आर्सनलमा जेरी सबै आर्सनल फ्यानका २७ बर्षदेखि केन्द्रविन्दु रहेका छन् । उनले सबैभन्दा पहिला सन १९९३ मा चर्चित डाइनासोरको ड्रेसमा सेवा सुरु गरेका थिए । गनर्ससाउरसका नामले चर्चित मस्कट आर्सनलले प्रिमियर लिग जित्ने बेलामा टचलाइनसम्म जाने अनुमति दिइन्थ्यो । तर अहिले क्लबले खर्च कटौती गर्दा मस्कटको रुपमा सेवा गर्ने जेरी निशानामा परेका छन् । क्लबले महँगो रकम खर्च गरेर खेलाडी किनिरहेको तर क्लबलाई लामो समय सेवा गरेका मस्कट हटाउने निर्णय गरेकोमा आर्सनलका पूर्व खेलाडी र फ्यानहरुले असन्तुष्टि व्यक्त गरेका थिए । यसैबीच ओजिलले आफु आर्सनलको खेलाडी भएसम्म गनर्ससाउरसलाई उसले पाउने पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।



JUNGLE






from the
city



ओजिलले सहयोगको हात अगाडी बढाएपनि उनकै भविष्य क्लबमा अनिश्चित रहेको छ । लकडाउनपछि खेलिएका खेलमा ओजिलले कुनै खेल खेलेका छैनन् । उनको क्लबसम्म अझै एक बर्ष सम्झौता रहेको छ । हालका आर्सनल प्रशिक्षक मिकेल अर्टेटासँग सम्बन्ध बिग्रेका कारण ओजिलले खेल्ने अवसर नपाएको बताइएको छ ।