मोजाम्बिकमा एक डरलाग्दो घटना, आतंककारीद्वारा ५० जनाको हत्या

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

दक्षिणी अफ्रिकी देश मोजाम्बिममा एक डरलाग्दो घटना भएको छ । इस्लामिक स्टेट (आइएसआइएस) का आतंककारीले एक गाउँका ५० जना मानिसको शिर काटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यो जघन्य अपराध गाउँको एक फुटबल मैदानमा भएको बताइएको छ । त्यति मात्रै होइन, उनीहरुले शरीरलाई टुक्राटुक्रा बनाएको र जंगलमा फालिदिएको बताइएको छ । साथै गाउँमा महिलाहरुलाई अपहरण गरिएको बताइएको छ । मोजाम्बिकको क्याबो डेलगाडो राज्यको नान्जबा गाउँमा यो दुर्घटना भएको हो ।यो राज्य प्राकृतिक ग्यासको लागि प्रख्यात छ । २०१७ देखि हालसम्म तीन वर्षमा यो स्थानमा इस्लामिक आतंककारीले २ हजार मानिसको हत्या गरेका छन् । आतंककारीको डरले त्यहाँबाट करिव ४.३० लाख मानिस राज्य छोडेर गएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनीहरुले ५० जनाको शिर काटेर हत्या गरेपछि अर्को गाउँमा आगो लगाइदिएको बताइएको छ । बीबीसी र डेलिमेलको खबरानुसार आतंकी गाउँमा नाराबाजी गर्दै आएका र घर जलाउन थालेका बताइएको छ । घरबाट बाहिर निस्किनेको शिर काटेको बताइएको छ । एक हप्ता अगाड पनि आतंककारीले गाउँमा हमला गरेर लुटपाट गरेका थिए । मुएडा जिल्लाका एक सरकारी अधिकारीले पुलिसलाई घटनापछि फोन गरेर जानकारी दिएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु