अमेरिकाको क्याब्रिजस्थित मोर्डना थेराप्युटिक इंकले कोरोनाभाइरस विरुद्ध विकास गरिरहेको खोपको अन्तिम चरणको परीक्षणमा ३० हजार जनालाई सहभागी गराउने भएको छ। बुलुम्बर्गमा प्रकाशित समाचार अनुसार बिहीबार परीक्षणका लागि मोर्डनाले सहभागी हुने स्वयमसेवकको नामांकन पूरा गरिसकेको छ। यसअघि सहभागी भएका २५ हजार स्वयमसेवकहरुले दोस्रो पटकको खोप लिइसकेका मोर्डनाले जनाएको छ। यो खोपको मात्रा पूरा हुन दुई पटक लिनुपर्छ। यो खोप कोरोनाविरुद्ध प्रभावकारी भए नभएको आउँदो नोभेम्बर अन्त्यसम्ममा वैज्ञानिक आधारहरु फेला पर्ने अपेक्षा गरिएको छ। उक्त अवधिसम्ममा काम गरेको प्रमाणित भए खोपको प्रारम्भिक प्रयोग शुरु गरिने बुलुम्बर्गले जनाएको छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कोरोना संक्रमित व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामार्फत भाइरसविरुद्ध लड्ने ‘एन्टीबडी बनाउने प्रयोजनका लागि यो खोपको परीक्षण भइरहेको छ। परीक्षणमा नौ प्रतिशत शैक्षिक कार्यमा संलग्न व्यक्ति र विद्यार्थी, २५ प्रतिशत ६५ वर्षभन्दा माथिका व्यक्ति, ३९ प्रतिशत ४५ देखि ६४ वर्षका व्यक्तिलगायत समुह सहभागी छन्। खोपको परीक्षण गर्ने कम्पनीले यसको ‘साइड इफेक्ट’का क्रममा कोरोनसँगै अन्य कुनै खालको संक्रमण नगराउने दाबी गरेको छ। मोर्डनाका अनुसार यो खोप मेसेन्जर आरएनए नाम जेनेटिक कोडबाट बनाइएकाले यसले मानिसको शरीरमा हुने कोषिकाहरुलाई कोरोनाभाइरस विरुद्ध लड्ने प्रोटिन कसरी बनाउने भनेर सिकाउँछ।



JUNGLE






from the
city


