मोबाइल गेम खेल्न पब्जीले ल्यायो नयाँ अपडेटमा रेपुटेशन सिस्टम

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गेमरहरूले एकअर्काप्रति अस्वभाविक द्वेष वा पूर्वाग्राही भाव नराखुन् भन्ने उद्देश्यले लोकप्रिय मोबाइल गेम पब्जीले आफ्नो नयाँ अपडेटमा रेपुटेशन सिस्टम थप गरेको छ । पब्जीले आफ्नो ब्लगमार्फत यसको जानकारी दिएको छ । ब्लगमा उसले भनेको छ, ‘गेममा स्वस्थकर अन्तर्क्रियालाई कायम राख्नु हाम्रो उद्देश्य हो । ब्याटलग्राउण्डमा खेलाडीहरुमा हानिकारक व्यवहार उचित हुँदैन । यसैले गेममा एकअर्कालाई मार्दा सबै कुरा मर्यादित र सभ्य होस् भन्ने चाहेर हामीले नयाँ रेपुटेशन सिस्टम ल्याएका छौं ।’पब्जीमा ल्याइएको यो नयाँ रेपुटेशन सिस्टमले गेमरहरुलाई शुन्यदेखि पाँचको रेन्जसम्म रेपुटेशन लेभल प्रदान गर्दछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जबसम्म खेलाडीले हानिकारक स्वभाव प्रदर्शन गर्दैनन्, तबसम्म यो रेपुटेशन स्वभाविक रुपमा बढ्नेछ । अश्लील शब्द प्रयोग गर्ने तथा म्याचलाई छोडिदिने जस्ता गतिविधिले रेपुटेशनलाई तल झार्ने पब्जी कर्पोरेसनको ब्लगमा उल्लेख छ । साथै पब्जीको शर्तलाई उल्लंघन गर्दा पनि रेपुटेशनको स्तर तल झर्नेछ । साथै यो पछिल्लो नयाँ १०।२ अपडेटसँगै गेममा नयाँ भिन्टेज स्पोर्ट कार पनि थप भएको छ । यसबाहेक कौप आरबी, डर्ट बाइक कुदाउँदै गर्दा मिडएयरमा रेन्डम स्टन्ट गर्न सकिने क्षमता पनि थप भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु