म्यानचेस्टर सिटीको इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सोमबार राति वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो । अवे मैदानमा भएको खेलमा सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनाले गोल गरी सुरुवाति अग्रता दिलाए । ३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर अग्रता दोब्बर पारे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पछि परेको वुल्भ्सका लागि ७८ औँ मिनेटमा जिमिनेजले एक गोल फर्काए। इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो । जिससको गोलका लागि डी ब्रुयनाले सहयोग गरेका हुन् । पहिलो खेलमा विजयी भएको वुल्भ्स भने आफ्नो दोस्रो खेलमा सिटीसँग स्तब्ध भयो । सोमबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । शेफिल्ड लगातार दुई खेलमा पराजित भयो भने एस्टन भिल्लाले लिगमा विजयी सुरुवात गरेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु