इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटोनमाथि जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा घरेलु टोली सिटीले ब्राइटोनमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। सिटीको जितमा फिल फोडेनले निर्णायक गोल गरे। उनले खेलको ४४ औं मिनेटमा केभिन डी ब्रुइनको पासमा गोल गरेका थिए। दोस्रो हाफमा दुबै पक्षबाट गोल नहुँदा खेल सिटीले १-० ले आफ्नो पक्षमा पार्यो। खेलको अतिरिक्त समयमा सिटीले पेनाल्टीको अवसर पाए पनि रहिम स्ट्रलिङ त्यसमा चुकेका थिए।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपरले फुलहमसँग १(१ को बराबरीमा खेल्यो। घरेलु टोली अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो। टोटेनहमका लागि ह्यारी केनले २५ औं मिनेटमा गोल गरेका थिए भने पुलहमका लागि इभान काभालेइरोले ७४ औं मिनेटमा गोल गरेका थिए। यो सँगै १६ खेलबाट ३२ अंक जोडेको सिटी तालिकाको तेस्रो स्थानमा पुगेको छ भने ३० अंक जोडेको टोटेनहम छैटौं स्थानमा छ। शीर्ष स्थानमा रहेका म्यानचेस्टर युनाइटेड र लिभरपुलको क्रमश ३६ र ३३ अंक छ।



JUNGLE






from the
city


