म्यानचेस्टर सिटी लगातार चौथोपटक इंग्लिस ‘काराबाओ कप’को फाइनलमा प्रवेश

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 12
  •  
  •  
  •  
  •  
    12
    Shares

डर्बी भिडन्तमा जित हासिल गर्दै म्यानचेस्टर सिटी लगातार चौथोपटक इंग्लिस ‘काराबाओ कप’को फाइनलमा प्रवेश गरेको छ । सिटीले लिगको एउटै शहरी प्रतिस्पर्धी म्यानचेस्टर युनाइटेडलाई सेमिफाइनलमा २–० गोलअन्तरले हराउँदै उपाधिनजिक पुगेको हो । यसअघि, लगातार तीनपटक यस प्रतियोगिताको उपाधि उचालेको सिटी योसमेत चौथोपटक फाइनलमा प्रवेश गरेको हो । सिटीलाई यसपटक लगातार चौथोपटक कप जित्ने अवसरसमेत जुरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बुधबार राति भएको खेलमा सिटीका लागि ५०औं मिनेटमा जोन स्टोनेसले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा फर्नान्डिन्होले दोस्रो गोल थपेपछि सिटीको २–० को जित पक्का भयो । यता पराजित युनाइटेडले खेलभरि जम्मा दुईपटक मात्रै ‘शट अन टार्गेट’ प्रहार गरेको थियो । अब सिटीले कपको उपाधिका लागि प्रिमियर लिगकै टोली टोटनह्यामसँग भिडन्त गर्नेछ । यसअघि, टोटनह्यामले मंगलबार भएको पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २–० ले नै हराएर फाइनल प्रवेश गरेको थियो । फाइनल खेल आगामी अप्रिल २५ तारिखमा हुनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु