म्यानमारकी नेतृ सूची एक महिनापछि सोमबार सार्वजनिक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् । उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् । भिडियोमा हेर्दा उनको स्वास्थ्य अवस्था सामान्य रहेको वकिलहरुको भनाइ छ । सेनाले सत्ता कब्जामा लिएपछि सूचीलाई अज्ञात स्थानमा नजरबन्द गरेर राखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

म्यानमारमा सूचीको रिहाइमो माग गर्दै दैनिक सडक प्रदर्शनहरु भइरहेका छन् । आइतबारको प्रदर्शन भने अरु दिनको भन्दा निकै हिंस्रक बन्यो । प्रदर्शनमा सहभागी १८ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । गोली लागेर कैयौं मानिस अस्पतालमा भर्ना भएका छन् । आइतबारको हिंस्रक अवस्थापछि पनि सोमबार प्रदर्शनकारीहरु सडकमा देखिएका छन् । उनीहरुले सूचीको रिहाइ र सरकार पुनःस्थापित गर्न माग गरेका छन् । सेनाले भने पछिल्लो चुनावमा धाँधली भएको बताउँदै शासनसत्ता आफ्नो कब्जामा लिएको छ । यद्यपि सेनाले अहिलेसम्म धाँधली भएको एउटा पनि प्रमाण पेश गर्न सकेको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु