म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीका प्रमुख सहयोगी विन हटेइन पक्राउ परेका छन् । म्यानमारको सेनाले गरेको ‘कू’ को व्यापक विरोध भइरहेको समयमा उनी पक्राउ परेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनले आफूलाई प्रहरीले नियन्त्रणमा लिँदै यान्गोनबाट न्यपेत लगिएको बताएका छन् । उनले आफूमाथि के मुद्दामा समातिएको भन्ने विषयमा भने कुनै जानकारी दिएका छैन । उनले भनेका छन्, ‘उनीहरु भलादमी छन्, त्यसैले मैले फोन उठाउन पाएको छु ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उनले थपेका छन्, ‘हामीलाई लामो समयदेखि निरन्तर नराम्रो व्यवहार गरिँदै आएको छ । म कहिल्यै पनि उनीहरुसँग डराउने छैन किनकी मैले आफ्नो पूरा जीवनकालमा केही पनि गलत गरेको छैन ।’ म्यानमारको ठूला सहरहरुमा मानिसहरुले सेनाले गरेको कूको विपक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् । बिहीबार सुकीको पार्टी एनएलडीले पनि सेनालाई अवज्ञा गर्दै न्यपेतमा सांकेतिक संसद्को बैठक बसेका थिए । उक्त बैठकमा उनीहरुको बीचमा आगामी दिनमा जनताको सेवा गर्दै अघि बढ्ने सहमति भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु