म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा ३८ जनाले ज्यान गुमाए

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा ३८ जनाले ज्यान गुमाएका छन् । निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध बुधबार प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जनाले ज्यान गुमाएका हुन् । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका नेतालाई नियन्त्रणमा लिएर सेनाले सत्ता हत्याएपछि हुँदै आएको प्रदर्शनको क्रममा सुरक्षा फौजले गरेको दमनमा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सुरक्षाकर्मीले प्रदर्शनकारीमाथि रबर र लाइभ बुलेट प्रहार गरेको प्रत्यक्षदर्शीले बताइएको छ । म्यानमारभर सैनिक शासकविरुद्ध प्रदर्शन तथा अवज्ञाहरु भइरहेका छन् । प्रदर्शनमा सर्वसाधारण, पेशाकर्मी तथा भिक्षुहरु पनि सहभागी भएका छन् । यसैबीच प्रदर्शनकारीमाथि भएको ज्यादती तथा बल प्रयोगलाई संयुक्त राष्ट्रसंघ म्यानमारका लागि राष्ट्रसंघीय दूत क्रिष्टिन श्रेनर बर्गनरल निन्दा गर्दै बुधबारको दिन रक्तपातपूर्ण रहेको उल्लेख गरेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

म्यानमारमा हालसम्म कम्तीमा ५० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ । म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा सडकमा नागरिकको प्रदर्शन आजपनि जारी छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु