म्यानमारमा भइरहेको सैन्य दमनको विरोधमा शुक्रबार ललितपुरस्थित म्यानमार दूतावासअगाडि विरोध प्रदर्शन गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको प्रदर्शनमा नागरिक अभियन्तारूले नक्खु, भैंसेपाटीस्थित दूतावासअगाडि प्रदर्शन गरेका हुन्। सहभागीले म्यानमारमा नरसंहार बन्द गर्नुपर्ने भन्दै आफूहरू त्यहाँका जनताको पक्षमा रहेको बताएका थिए। उनीहरूले म्यानमारमा तत्काल लोकतन्त्र पुनर्बहाली गर्न माग राखेका छन् । प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए। गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारका सबैजसो सहरहरूमा विरोध प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
Advertisements



JUNGLE






from the
city


