म्यानमारमा सैन्य ‘कू’ को विरुद्धमा भएको प्रदर्शनमा सेनाको गोली लागेर ५ जनाको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानमारमा सैन्य ‘कू’ को विरुद्धमा भएको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । उत्तरपश्चिमी शहर केलेमा बुधबार सेनाले चलाएको गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारका प्रतिनिधिहरूलाई हिरासतमा राखी सत्ता हातमा लिएपछि दैनिक प्रदर्शन भइरहेको छ । बुधबार पनि प्रदर्शनकारीले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतका नेताहरूको रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् । पछिल्लो समय युवाहरूले सामाजिक सन्जालमार्फत् सेनाविरोधी प्रदर्शन र अभियान चलाउँदै आएका थिए । तर सेनाले इन्टरनेट सेवा बन्द गरेपछि युवाहरूको नेतृत्वमा हुने प्रदर्शनहरू प्रभावित भएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

“फेब्रुअरीदेखी म्यानमार चरणबद्ध रूपमा सूचनाविहीन अवस्थामा पुगेको छ । सञ्चार सेवालाई निकै सीमित गरिएको छ,” इन्टरनेट अवरोध पर्यवेक्षक नेटब्लकका संस्थापक आल्प टोकरले भने । सैन्य सरकारले कलाकार, लेखक, संगीतकार लगायत धेरै क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रोयटर्स

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु