म्यानमारमा हजारौं मानिसहरुले सैन्य कूको विरुद्धमा गरे प्रदर्शन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

म्यानमारमा गत सोमबार सैन्य कू भएपछि पहिलोपटक उल्लेख्य संख्यामा मानिसहरुले प्रदर्शन गरेका छन् । शनिबार म्यानमारको यान्गोन सहरमा हजारौं मानिसहरुले सैन्य कूको विरुद्धमा प्रदर्शन गरेका छन् । मुलुकभर सेनाले इन्टरनेट सेवा बन्द गरेको भए पनि शनिबार उल्लेख्य संख्यामा मानिसहरु प्रदर्शनमा निस्किएका हुन् । शनिबारको प्रदर्शनमा मानिसहरुले तत्काल सैनिक शासनको अन्त्य हुनुपर्ने माग गरेका थिए । उनीहरुले् राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको तस्वीरसहित प्रदर्शन गरेका थिए । उनीहरुको पार्टीले गत नोभेम्बरमा भएको निर्वाचनमा अत्यधिक बहुमतसहितको जित हात पारेको थियो । उक्त निर्वाचनको विषयमा देखिएको विवादलाई लिएर म्यानमारको सेनाले आपत्ति बढाउँदै आएको थियो । यो विवादमा कुरा मिल्न नसकेपछि सेनाले सत्ता आफ्नो हातमा लिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शनिबार प्रदर्शनमा उत्रिएका मानिसहरुले म्यानमारमा के भइरहेको छ भन्ने कुरा अब संसारका सबै मानिसहरुले थाहा पाउनुपर्ने बताएका थिए । म्यानमारको सेनाले मुलुकमा हुन सक्ने प्रदर्शनलाई ध्यानमा राख्दै मुलुकभर इन्टरनेट सेवा बन्द गराएको थियो । अहिले मुलुकमा सामान्य अवस्थामा हुनेमध्ये केवल १६ प्रतिशत सञ्चार पनि सञ्चालनमा रहेको इन्टरनेटको नियमन गर्ने संस्थाहरुले बताएका छन् । एम्नेस्टी इन्टरनेशनलले म्यानमारको इन्टरनेटमा लगाइएको प्रतिबन्ध जधन्य अपराध भएको बताएको छ । साथै यो सरकारको गैरजिम्मेवारी कदम रहेको बताएको छ । म्यानमारको सेनाले मुलुकमा प्रदर्शनको लागि प्रतिबन्ध लगाएको भए पनि शनिबार यान्गोन युनिभर्सिटी नजिकै ठूलो संख्यामा मानिसहरुले प्रदर्शन गरेका थिए । म्यानमारमा सन् २०१५ बाट सेनाको सत्ता हटेको भए पनि सोमबार सांसद तथा सरकारी अधिकारीहरुलाई हिरासतमा लिँदै म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु