म्यानमार संसदीय निर्वाचनमा सुकी नेतृत्वको दललाई बहुमत

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

म्यानमारको सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) ले आइतबार भएको संसदीय निर्वाचनमा आफ्नो पार्टी बहुमतका साथ विजयी भएको दाबी गरेको छ। सैनिक शासन अन्त्य भएयता दोस्रो पटक भएको यो निर्वाचन एनएलडी र नेतृ आङ सान सुकीको जनमत संग्रहका रुपमा लिइएको थियो। एनएलडी प्रवक्ता म्यो न्युन्तले आफ्नो पार्टीले सरकार बनाउन आवश्यक ३ सय २२ भन्दा बढी सिट ल्याउने दाबी गरे। सन् २०१५ को निर्वाचनमा यो पार्टीले ३ सय ९० स्थान जितेको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

रोहिंग्या मुसलमान समुदायमाथि भएको दमनलाई लिएर सुकी अन्तर्राष्ट्रिय समुदायको आलोचना खेपिरहेकी छन्। तर यो निर्वाचनले उनी म्यानमारमा अझै लोकप्रिय रहेको देखाएको छ। एनएलडी प्रवक्ताले निर्वाचनको यो परिणाम जनता र पार्टीका लागि उत्साहजनक भएको बताए। निर्वाचनमा सेनाको समर्थनप्राप्त दल युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट (युएसडीपी) ले पनि प्रतिस्पर्धा गरेको छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु