यसपटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम नहुने, घरघरमै मनाइने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

तमु (गुरुङ) समुदायले तमु ल्होसार सीमित व्यक्तिमाझ मनाउने भएका छन् । यो चाड हरेक पुस १५ गते मनाउँदछन् । यो पटक मुसा वर्गको बिदाइ र नयाँ वर्ग गाईको स्वागत गर्दैछन् । तमु ह्यल छोंजधि (गुरुङ राष्ट्रिय परिषद्) मातहतमा दर्जनौं संस्थाको सहभागितामा टुँडिखेलमा बृहत सांस्कृतिक प्रदर्शनी गर्ने गरिन्थ्यो । ‘यो पटक टुँडिखेलमा तमु ल्होसारको कार्यक्रम हुने छैन,’ ल्होसारको अवसरमा धेरै कार्यक्रमहरू सुरु रहेको उल्लेख गर्दै छोंजधिका अध्यक्ष रेशम गुरुङले भने, ‘धेरै कार्यक्रमहरू भर्चुअल जुम प्रविधिबाट राखेका छौं । संस्थाको कार्यालयमा सीमित प्रतियोगी कलाकार भौतिक रूपमा उपस्थित गराएका छौं । नृत्य र तमु आइडल मातृभाषाको गायन प्रतियोगिता जारी छ ।’ उनका अनुसार लोक दोहोरी, गीत, कविताका जस्ता प्रतियोगिता आयोजना गरिएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

‘आज ९मंगलबार० राति बाह्र बजे खेंगी गुरुहरूद्वा पूजा, बोन फाएर र रिपा लगाउने, आशिर्वाद ग्रहण गरी पुरानो वर्गको विदाइ र नयाँ वर्गको स्वागत गरिनेछ,’ अध्यक्ष गुरुङले भने । परिषद्ले ल्होसारको मुख्य दिन बुधबार अनलाइनबाट आयोजना गर्ने र उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिने छन् । त्यसैगरी नेपाली कांग्रेस, जनता समाजवादी पार्टीका नेताले समेत शुभकामना दिने छन् । जुममार्फत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तमु संघसंस्थाहरूबीच शुभकामना आदानप्रदान गरिने अध्यक्ष गुरुङले जनाएका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु