यसरी हेर्न सकिन्छ एप्पलको आज हुने ‘वन मोर थिङ’ इभेन्ट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

प्रविधिको दिग्गज कम्पनी एप्पलले आज एउटा इभेन्ट आयोजना गर्दैछ । ‘वन मोर थिङ’ नाम दिइएको यो इभेन्टलाई लिएर तमाम किसिमका चर्चाहरु भइरहेका छन् । प्रकाशित खबर अनुसार ‘वन मोर थिङ’ इभेन्टमा एप्पलले आफ्नै चिपसेटबाट तयार पारेको म्याकबुक सार्वजनिक गर्नेछ । सन् २०२० को सुरुवातमा डब्लूडब्लूडीसी २०२० मा एप्पलले इन्टेलको चिपलाई विदाई गरिएको घोषणा गरेको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यद्यपी इनहाउस चिपका साथ एप्पलले अहिलेसम्म कुनै प्रडक्ट सार्वजनिक गरेको भने छैन । एप्पलको ‘वन मोर थिङु इभेन्ट आज ९मंगलबार० राति ११ः४५ देखि सुरु हुनेछ । अनलाइनमा आयोजना हुने यो इभेन्टको प्रत्यक्ष प्रसारण एप्पलको आधिकारिक वेबसाइट, एप्पल टिभी र एप्पलको युट्युव च्यानलमा हेर्न सकिनेछ । रिपोर्टअनुसार एप्पलले यो इभेन्टमा एआरएम सिलिकन चिप सहितको म्याकबुक सार्वजनिक हुनेछ । म्याकबुकका अलावा यो इभेन्टमा एयरट्याग समेत सार्वजनिक हुने बताइएको छ । ब्लुमबर्गमा प्रकाशित रिपोर्ट अनुसार यो इभेन्टमा १३ तथा १६ इन्चको नयाँ म्याकबुक प्रो आउनेछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

साथै १३ इन्चको म्याकबुक एयर समेत सार्वजनिक हुनेछ खबर बाहिर आइरहेका छन् । एउटा अर्को रिपोर्टमा दाबी गरिएको छ कि एप्पलले २५ लाख नयाँ म्याकबुक उत्पादन गरिरहेको छ । यी सबै म्याकबुक इनहाउस बनेको चिपसेटका साथ सन् २०२१ को सुरुवातमा बजारमा आउनेछन् । यी म्याकबुकको उत्पादन चीनमा भइरहेको छ । एप्पलले कुनै इभेन्टलाई ‘वन मोर थिङ’ नाम दिएको यो नै पहिलो पटक भने होइन । लामो समयदेखि कम्पनीले ‘वन लाइनर’को प्रयोग गर्दै आएको छ ।

खासगरी एप्पलका पूर्व सीईओ स्टिभ जब्स अक्सर ‘वन मोर थिङ’को प्रयोग गर्दथे । स्टिभ जब्स किनोटमा कुनै प्रडक्ट सार्वजनिक गर्नुअघि ‘वन मोर थिङ’ भन्ने गर्दथे । यसअघि सन् २०१७ मा एप्पलले ‘वन मोर थिङ’को प्रयोग आईफोन एक्स सार्वजनिक गर्दाको दौरान गरेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु