यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिला वैज्ञानिकले प्राप्त गरेका छन्। जिनोम एडिटिङ विधिको विकास गर्न सफल भएकामा फ्रान्सकी वैज्ञानिक इम्यानुएल चारपेन्टिएर र अमेरिकी वैज्ञानिक जेनिफर ए। डाउड्नालाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको जनाइएको छ। जिनोम एडिटिङ विधिबाट जीवित जीवको आनुवंशिक सामग्री हेरफेर गरिन्छ। सामन्यतया बाली वा पालिएका जनावरको आनुवंशिक असन्तुलनलाई सुधार गर्न यो प्रक्रिया अपनाइन्छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यसअघि सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। हेपटाइटिस सी भाइरस लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। मगलबार भने ब्ल्याक होल र तारापुञ्जको अध्ययन गर्ने तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। रोयल स्विडिस एकेडेमी अफ साइन्सले मंगलबार रोजर पेनरोजलाई ब्ल्याक होलबारे गरेको अध्ययनमा र रिनहार्ड गेनजल र आन्द्रे गेजलाई तारापुञ्जबारे गरेको अध्ययनमा संयुक्त रुपमा नोबेल पुरस्कार प्रदान गरेको थियो।



JUNGLE






from the
city


