दक्षिण कोरियाली कम्पनी सामसङले केही महिनायता ‘ग्यालेक्सी जेट फोल्ड २’ नेपाली बजारमा भित्र्याएको छ। ‘थर्ड जेनरेसन’लाई लक्षित गरी फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट ल्याएको हो। यो सामसङको पहिलो प्रविधि हो। यो फ्ल्यागसिप फोन अन्तर्गत पर्दछ। बोल्ड डिजाइन गरिएको यो फोल्डएबल फोनले प्रयोगकर्तालाई मोबाइल प्रयोगमा फरक अनुभव दिन्छ। यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजी प्रेमीहरुलाई लक्षित गरी निर्माण गरिएको छ। ठूलो कभर स्क्रिन यसको मुख्य विशेषता हो। फोनमा भएको मल्टी टास्किङ्ग सुविधाले प्रयोगकर्ताले एकै पटक धेरै काम गर्न सक्छन्। यसको मुख्य स्क्रिनमा सामसङ अल्ट्रा–थिन ग्लास राखिएको छ।
यसका अन्य विशेषता यस्ता छन्ः


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
डिजाइन
ग्यालेक्सी जेट फोल्ड२ बोल्ड डिजाइन तथा एड्भान्स इन्जिनियरिङले सजिएको छ। यसमा ६।२ इञ्चको डिस्प्ले छ। यसको मुख्य विशेषता भनेको डिभाइस अनफोल्ड नगरी स्क्रिन कभरबाट मेल हेर्न र कन्टेन्ट पढ्न सकिन्छ।
फोनमा प्रयोग गरिएको विशेष स्विपर टेक्नोलोजीले मोबाइल र हिन्ज हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउन सघाउँछ।यसमा भएको फ्लेक्स मोडले फोनमा रियल टाइममै विषयवस्तुहरु कैद गरी त्यस्ता विषयवस्तुहरुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ।



JUNGLE






from the
city



क्यामरा
यसमा १२ एमपी वाइड, १२ एपमी टेलिफोटो र १२ एपमी अल्ट्रा वाइड गरी तीन क्यामरा छन्। साथै, फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा छ। यसमा भएको प्रो भिडियो मोड, सिङ्गल टेक, ब्राइट नाइट र नाइट मोड जस्ता सुविधाहरुले ग्यालेक्सी जेट फोल्ड२ मा एकदमै उत्कृष्ट फोटो खिच्न सकिन्छ।
ग्यालेक्सी जेट फोल्ड२ मा ह्याण्डस् फ्रिको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध छ।
स्टोरेज र ब्याट्री
फोनमा ४५ सय एमएएच ब्याट्री क्षमताका साथै २५ वाटको फास्ट चार्जिङ सुविधा दिइएको छ। ग्राहकले यो फोन १२ जिबी र्याम र ५१२ जिबी स्टोरेजमा पाउने छन्।
रङ र मूल्य
‘ग्यालेक्सी जेट फोल्ड२’ माइस्टिक ब्ल्याक र माइस्टिक ब्रोन्ज गरी दुई रङमा उपलब्ध छ। यो फोनको मूल्य २ लाख ४९ हजार ९ सय ९९ रूपैयाँ छ। कम्पनीले टुटफुटमा १ वर्षको बीमा सुविधा दिएको छ।