यस्ता छन् व्रतालुहरुले व्रत सकिएपछि खान हुने र खान नहुने कुराहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

व्रत गर्नु स्वास्थ्यका लागि पनि फाईदाजनक छ । तर व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् । दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ । व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खानुहोला । दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन सक्दैन । यी खानेकुरा खान चिकित्सकले सुझाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

-लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ । ठोस खाना मात्रै होइन, पानी पनि एक्कासि धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त हुन्छ ।
-सीधै पानी पिउनुभन्दा सलादबाट पाइने पानीले धपेडीमा फाइदा गर्छ ।
-व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ ।
-व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा आडिलो हुन्छ ।
-व्रत बस्दा दुधमा बदाम भिजाएर पनि खान सकिन्छ ।
-व्रतको दिन वा सकिएपछि केहि छिन रिलिफको लागि कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भिर खतरा पैदा गर्छ ।
-खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक होइन ।
-मसलेदार खाना खानु राम्रो हुँदैन ।
-रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ । यसमा कार्बोहाइड्रेट हुने भएकाले शरीरमा तागत पनि दिन्छ । खानासँग सलादको मात्रा धेरै खानुपर्छ
-व्रतबस्दा चिल्लो–पिरो खानुहुँदैन ।
-गर्भवती महिला व्रत नबसेको राम्रो हुन्छ । मुटु, कलेजो, फोक्सो , मृगौला ,मधुमेह, उच्च रक्तचापका समस्या भएकाले ब्रत बस्न हुदैन । यसबाहेक स्वास्थ्यअवस्था राम्रा भएकाहरु महिनामा एक दुईपटक वा हप्तामा एक दिन व्रत बसेको राम्रो हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु