काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार भएको तीन बुँदे सहमति सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सहमति सार्वजनिक गरिएको हो। सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले सहमति पढेर सुनाएका थिए। सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्। सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यी हुन् सहमति पत्रका बुँदा
नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच निम्न लिखित सहमति भएको छ।
१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।



JUNGLE






from the
city


