गायक आदित्य नारायण चाँडै नै आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्दैछन् । अब आदित्य नारायणका पिता उदित नारायणले छोराको विवाहबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उदितले भने, ‘म श्वेतालाई पछिल्लो थुप्रै वर्षदेखि चिन्दछु तर छोराको साथीको रुपमा । आदित्य एकदिन म भएठाउँ आए र आफू श्वेतासँग विवाह गर्न चाहेको बताए । मैले आदित्यलाई भविष्यमा केही भए आमाबुवालाई दोष नदिने भनिदिएँ ।’


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उदितले भने, ‘हामी आदित्यको विवाह निकै धूमधामसँग गर्न चाहन्थ्यौं तर कोरोनाले हाम्रो इच्छा पूरा हुन दिएन । कम मानिसहरुको उपस्थितीमा मुम्बईमा नै विवाह हुनेछ । म त आदित्यको विवाहको उत्सव भव्य रुपमा मनाइयोस् र यसमा धेरैभन्दा धेरै मानिसहरुको उपस्थिती होस् । तर म सरकारको निर्णयविरुद्ध जाने छैन । आशा गर्छु कि डिसेम्बरसम्म स्थिती नियन्त्रणमा आउनेछ ता कि एक्लो छोराको विवाहमा रमाउन सकूँ ।’ यसअघि आदित्यले उनी डिसेम्बर १ मा श्वेतासँग विवाह गर्ने बताएका थिए । कोभिड–१९ का कारण परिवारका सदस्य र नजिकका साथीबीच उनीहरुको विवाह हुनेछ किनभने महाराष्ट्रमा ५० भन्दा बढी पाहुना उपस्थित हुन अनुमति छैन । आदित्यले भने, ‘हामी मन्दिरमा निकै साधारण तरिकाले विवाह गर्नेछौं । स्थिती राम्रो भए हामी भव्य रिसेप्सन भने दिनेछौं ।’



JUNGLE






from the
city


