यस्तो छ कार्तिक महिनामा बालिने आकाश दिपको महत्व

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 26
  •  
  •  
  •  
  •  
    26
    Shares

कार्तिक १५ गतेदेखि हिन्दू नेपालीहरुको घर आँगनमा आकाश दिप बाल्ने चलन छ । यो चलन विस्तारै हराउँदै गएपनि कतिपय स्थानमा कायमै छ । प्रायःजसो घरहरूमा बाँस ठड्याई बाँसको टुप्पाबाट मतकलः अर्थात् बत्ती राख्ने भाँडो डोरीले बाँधेर बेलुकी बत्ती दिने परम्परा थियो। अहिले यो परम्परा निकै घटिसकेको छ र घर–घरमा यसरी बाँस ठड्याएर आलुमत बाल्ने चलन हराइसकेको हो कि भन्ने बुझाइ छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पहिले–पहिले बाँस नपाए पलाँस, खयर, पीपल आदि पनि ठड्याउने गरेको पाइन्छ। बाँसमाथि अग्लो स्थानमा राखिने भएकोले यसको प्रकाश धेरै टाढा–टाढासम्म देखिन्छ। यस्तै, घर–घरमा राख्ने चलन घट्दै गए पनि पुराना बस्तीका केही स्थानमा भने अझै भेट्न सकिन्छ। धेरैले यस आलुमत अर्थात् आकाशदीपलाई भगवान् विष्णुसँग जोडेर हेर्छन्। शाह राजा गीवार्णयुद्धद्वारा रचिएको मानिने कर्मकाण्डसम्बन्धी संस्कृतभाषीय सङ्कलन ‘सत्कर्मरत्नावली’मा यसबारे लेखिएको पाइन्छ । कार्तिक महिनामा भगवान् विष्णुको मूर्तिअगाडि दीपदान गर्नू भनी लेखिएको छ। कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ र यसै महिना राति सबैभन्दा धेरै अन्धकार हुन सुरु हुन्छ भनिन्छ। त्यसैले यस्तो निष्पट्ट अँध्यारो बेलामा आकाशचरीहरूले पनि आफ्नो बाटो देखून् भनी आकाशदीप बालिने मान्यता छ। विधिअनुसार पहिले घरको अगाडि भूमिमा गोबरले लिप्ने गरिन्छ। हुन त आकाशदीप घरको कौसीमा पनि ठड्याइन्छ। गोबरले लिपेको स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

त्यसको ठीक बीचमा बाँस वा काठको खम्बा ठड्याइन्छ। यसको लम्बाइ पनि निश्चित हुन्छ, कसैले २० हात लम्बाइ हुनुपर्ने भन्छन् भने कसैले ९ वा ५ हात मात्र राख्ने पनि छन्। त्यस खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलश आदि राखेर सजाइन्छ। त्यसमा दीप राखिन्छ, डोरीले बाँसको टुप्पोदेखि झुण्ड्याएर। त्यसरी झुण्ड्याइने भाँडोलाई नेपालभाषामा मतकलः भनिन्छ। त्यसमा पनि अष्टदलको आकृति बनाइन्छ, बीचमा ठूलो दीप र अन्य स–साना आठ दीप। यी स–साना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ। दीपमा तिलको तेल राख्नुपर्ने श्रीपुष्करपुराणले भन्छ, तर पहिले काठमाडौँ उपत्यकामा अन्य तेल प्रयोग भएको पनि पाइन्छ। यसरी झुण्ड्याइएको आकाशदीपलाई पञ्चोपचारले पूजा गरिन्छ। पञ्चोपचारअनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई पूजा गरिन्छ र विशेष मन्त्र पढी वा नारायणलाई सम्झी दीप चढाइन्छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु