यस्तो रहेको छ आईफोन ट्वेल्भ प्रोको डिजाइन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

प्रविधिको दिग्गज कम्पनी एप्पल निकट भविष्यमै आफ्नो आईफोन ट्वेल्भ सार्वजनिक गर्ने तयारीमा छ । सार्वजनिक हुने मिति नजिकिँदै गर्दा यसका विभिन्न फिचर तथा डिजाइन लिक हुने क्रम सुरु भएको छ । जसमा आईफोन ट्वेल्भको कभर केस समेत इन्टरनेबाट यस अघि नै बाहिर आइसकेको छ । अहिले फेरी पछिल्लो एक भिडियो चर्चामा छ । जसमार्फत आईफोन ट्वेल्भको ब्याक प्यानलको डिजाइन लिक भएको छ । यसबाट आईफोन ट्वेल्भको डिजाइन आईफोन इलाभेनको दाँजोमा कति फरक हुनेछ भन्ने कुरा स्पष्ट भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

एभ्रिथिङएप्पलप्रो (EverythingApplePro) नामक ट्वीट ह्याण्डलबाट लिक गरिएको यो भिडियोमा ६.१ इञ्च आकारको आईफोन ट्वेल्भ प्रोको चेसिस देखिन्छ । साथै भिडियोबाट फोनको चारै छेउमा लेफ्ट साइड बेजल्स हुने निश्चित देखिन्छ । यसैगरी पछाडि भागमा तीन वटा क्यामेराको साथमा लिडार सेन्सरको प्लेसमेन्ट समेत स्पष्ट रुपमा देख्न सकिन्छ । फोनको डिजाइन धेरै हदसम्म आईफोन फोर तथा फाइभको जस्तै लाग्छ । फोनको पछाडितर्फ दिइएका तीन वटा क्यामेरा सेन्सरको प्लेसमेन्ट आईफोन इलाभेन मोडेलमा जस्तो देखिन्छ । यद्यपी यसमा एलईडी फ्ल्याश र लिडार सेन्सर छुट्टै रुपमा राखिएको छ । साथै यसमा वायरलेस चार्जिङ क्वाइलको स्पेस समेत देखिन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यो फोनमा सिमकार्ड ट्रेको स्थान बदलेर दायाँ साइडमा राखिएको छ । लिकबाट लिडार सेन्सर आईफोन ट्वेल्भ प्रो र आईफोन प्रो म्याक्स दुवै मोडेलमा हुनसक्ने देखिन्छ । एउटो अर्को लिकमार्फत आईफोन ट्वेल्भ सिरिजका फोनमा १२० हर्ज रिफ्रेश रेट भएको डस्प्ले हुने कुरा बाहिर आइसकेको छ । एप्पल ए १३ बायोनिक पर्फर्मेन्स रहने आगामी आईफोनमा आधारभूत भेरियन्टमा ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज हुने दाबी गरिएको छ । तीनै क्यामेरा समान १२ मेगापिक्सेलका रहनेछन् भने फोनमा ३२१० एमएएच क्षमताको ब्याट्री रहने बताइएको छ । नयाँ आईफोनको मोडेल यसै वर्षको अक्टुबरमा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु