२२ भदौ, काठमाण्डौ – केन्द्रीय तथ्याङ्क विभागले यस वर्ष आर्थिक वृद्धिदर ऋणात्मक हुने जनाएको छ । विभागले गत जेठ पहिलो साता राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै कोरोना महामारीका कारण आर्थिक क्रियाकलाप पूर्णरुपमा सञ्चालन हुन नसक्दा आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशतमा सीमित रहने जनाएको थियो । तर, पछिल्लो तीन महिनायता पनि आर्थिक क्रियाकलापमा कुनै सुधार नआएकाले आर्थिक वृद्धिद्धर ऋणात्मक हुने देखिएको विभागले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
विभागले आर्थिक वर्ष २०७६ / ०७७ को नौ महिनामै तथ्याङ्क सार्वजनिक गरेर आर्थिक वृद्धिद्धर साढे २ प्रतिशतमा सीमित रहने भनेपनि अहिले विविध कारण देखाउँदै तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ गरिरहेको छ । तर, विभागले उद्योगको अवस्थाबारे पूर्ण जानकारी नआएकोले तथ्याङ्क सार्वजनिक गर्न ढिलाइ भइरहेको दाबी गरेको छ ।