यस बर्ष पनि फलेन जुम्लामा स्याउ, चिन्तामा कृषक

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

६ साउन, जुम्ला । जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ ।
धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको तिला गाउँपालिका–१ स्याउ किसान महेन्द्र बढाले बताए । ‘‘के कारणले फल नलागेको हो, थाहा भएन तर यस वर्ष पहिलेका वर्षहरुमा जस्तो उत्पादन नहुने भएको छ’’, उनले भने । तातोपानी गाउँपालिका–४ का किसान प्रेमराज पाण्डेका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै स्याउका रुखमा फल छैनन् । “स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन ।” उनले भने । बर्सेनि तीन टनभन्दा बढी फल्ने गरेको यो वर्ष निकै घाटा लाग्ने पाण्डेको भनाइ छ । स्याउ बिक्री गरेर गुजारा चलाउनुपर्ने किसान यस वर्ष उत्पादनमा कमी आउने भएपछि अहिलेदेखि नै चिन्तित बनेका छन् । सिंजा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार २५० स्याउ बिरुवा र २५० ओखर गरी एक हजार ५०० बिरुवा छन् तर बगैँचामा खासै स्याउका रुखमा फल लागेको छैन ।
स्याउ उत्पादन घट्दै
कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जिल्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५÷७६ मा छ हजार ५०० मेट्रिक टन स्याउ उत्पादन भएको र आर्थिक वर्ष २०७४÷७५ मा पाँच हजार ५०० टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए ।
कार्यालयका अनुसार उत्पादन भएको स्याउमध्ये छ हजार ५०० मेट्रिक टन निर्यात भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार ४० प्रतिशत स्याउ घट्ने अनुुमान गरिएको छ । उनका अनुसार कालो तुषारो र असिनाले असिनाले स्याउमा फल नटिकेपछि किसानलाई घाटा हुने भएको र बीमाका लागि पहल भइरहेको छ । चाँडै फूल फुलेको स्याउमा तुषारोले क्षति पु¥याएको बताए ।
किसानलाई यति ठूलो क्षति हुँदा पनि सरोकारवाला निकाय मौन भएको देख्दा किसान चिन्तित भएका छन् । स्याउ किसान रामसिंह रावलका अनुसार अहिले जिल्लाभरि स्याउमा फल नभएको सबैलाई थाहा छ तर सरोकारवाला निकाय टुलुटुलु हेरिरहेका छन् ।
किसान रामकृष्ण बुढ्थापाले कालो तुषारोले पु¥याउने असरको किसानलाई राहत दिने व्यवस्था गर्न सरकारसँग माग गरे ।किसानलाई वैज्ञानिक, अनुसन्धानको विषय थाहा हुँदैन तर सरकारी निकायले अनुसन्धान गर्न सक्नुपथ्यो, उनले भने ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु