यस वर्षको एसईई केन्द्रीय स्तरबाटै हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा९एसईई० केन्द्रीय स्तरबाटै हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षको एसईई केन्द्रीयस्तरबाटै गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले प्रदेश शिक्षा निर्देशनालयसँग छलफल गरेर केन्द्रले नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक कर्मचारीले बताए ।
प्रदेशस्तरमा एसईई परीक्षा सञ्चालन गर्नको ऐन नै बनेको छैन । त्यसका लागि छुट्टै अध्यादेश जारी गर्नु पर्ने भएकाले परीक्षा केन्द्रस्तरबाटै हुने निर्णय भएको उनले बताए । उनले भने, ‘नयाँ राष्ट्रिय शिक्षा ऐन बनिनसकेकाले प्रदेशस्तरमा परीक्षा सञ्चालनको ऐन नै छैन ।’

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

विद्यालय क्षेत्र सम्बन्धी नयाँ संरचना अनुसार ८ कक्षाको परीक्षा पालिकास्तरमा, १० कक्षाको प्रदेशस्तरमा र १२ कक्षाको राष्ट्रियस्तरमा सञ्चालन गर्ने व्यवस्था रहे पनि सो अनुरुप कानुनमा संशोधन भइनसकेकाले यस वर्षको एसईई परीक्षा केन्द्रस्तरबाट साविक झै सञ्चालन हुने भएको शिक्षा मन्त्रालयले जनाएको छ । परीक्षा कहिले सञ्चालन गर्ने भन्ने विषयमा भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु