याडिया ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्रियो, चाडपर्वको अवसर पारेर बिक्री सुरु गर्ने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

याडिया ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । कुजु नेपालले याडिया इलेक्ट्रीक स्कुटरको बिक्री वितरण गर्नेछ । पछिल्लो समय नेपालमा इलेक्ट्रीक स्कुटर भित्रने क्रम जारी रहेको छ । लकडाउन खुकुलो भएसँगै टेल्जी र जिनियस ब्राण्डका इलेक्ट्री स्कुटर नेपाली बजारमा बिक्री सुरु भएको थियो । त्यसैगरि बजारमा एम्पिएर, प्योर जस्ता ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधनको बिक्री पनि सुरु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चिनीयाँ कम्पनी याडिया हङकङ स्कटक एक्सचेन्जमा सूचिकृत कम्पनी हो । प्रिमियम इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी याडियाले गतबर्ष ५० लाख यूनिट स्कुटर बिक्री गरेको थियो । विभिन्न ८३ देशमा बिक्री हुँदै आएको यो ब्रान्ड नेपाल भित्रएको हो । नजिकै गरेको चाडपर्वको अवसर पारेर नेपालमा बिक्री सुरु गर्ने तयारी भइरहेको कुजु नेपालले बताएको छ ।
कम्पनीले सुरुवातमा सी १ एस मोडलको बिक्री सुरु गर्ने भएको छ । सी १एसमा २।२ किलोवाट क्षमताको ‘बर्सलेस हब मोटर’ रहेको छ । यसमा ६० भोल्ट ३२ एम्पीयर आवरको पानसोनिक लिथियम आयोन ब्याट्री प्याक रहेको छ । यो ब्याट्री एकपटकको फुलचार्जमा ७० किलोमिटर यात्रा गर्न सकिन्छ । यसलाई डीसी चार्जरबाट चार्ज गर्दा ३।५ घन्टामा फुलचार्ज हुन्छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ भने, यसको कुल तौल ९३ केजी रहेको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ भने, सीबीएस ब्रेकिङ सिस्टम दिइएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु