यातायात विभागले गाडीको सबै सिटमा यात्रु राख्ने अनुमतिको लागि मन्त्रालयमा पठायो पत्र

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

गाडीको सबै सिटमा यात्रु राख्ने अनुमतिको लागि यातायात व्यवस्था विभागले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाएको छ। यातायात व्यवसायीले अहिलेको मापदण्ड अनुसार गाडी चलाउन नसकिने भनेर विभागमा बारम्बार ताकेता गरेका कारण मन्त्रालयमा पत्र पठाइएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए। ‘यो विषयमा हामीले निर्णय गर्न मिल्दैन। मन्त्री परिषद्ले नै निर्णय गर्ने विषय भएकाले मन्त्रालयमा पत्राचार गरेका हौं’ उनले भने।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आधा सिटमा मात्रै यात्रु राखेर गाडी संचालन गर्नु नै अव्यवहारिक भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताए। ‘प्रावधान ठिक छैन भनेर हामीले विभागका महानिर्देशकदेखि मन्त्रीसम्मलाई मौखिक र लिखित जानकारी गराइसकेका छौँ,’ उनले भने। विमानका पुरै सिटमा यात्रु राख्न पाइन्छ भने गाडीमा पनि राख्न पाउनुपर्ने उनको तर्क छ। ‘हामीले अहिले मजदुरलाई रोजगारी, यात्रुलाई सेवा र गाडी विग्रनबाट जोगाउन मात्र गाडी चलाइरहेका हौं। यातायात व्यवसायीहरु अहिले घाटामा छन्,’ उनले भने। यात्रुहरुमा अहिले स्वास्थ्यप्रति सचेतना बढेकोले सबै सिटमा यात्रु राख्दा फरक नपर्ने उनी बताउँछन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु