यामाहाले नेपालमा विक्री गरेको क्रुजर मोटरसाइकल ‘इन्टाइसर’ तीन वर्षमा नै बन्द

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । यामाहाले नेपालमा विक्री गरेको क्रुजर मोटरसाइकल ‘इन्टाइसर’ निकै चर्चित मोटरसाइकल थियो । तर, भारतमा यसको मागमा कमी आएसँगै यामाहाले यसको उत्पादन बन्द गरेको हो । सन् २००३ देखि २००६ सम्म मात्रै उत्पादन भएको यामाहा इन्टाइसर कम मूल्यमा क्रुजर मोटरसाइकल चाहनेहरुको मुख्य रोजाइमा पथ्र्यो । त्यति बेला बजरमा यसलाई दुई भेरियन्टमा ग्राहकले खरिद गर्न सक्थे । जसमा एउटा रेगुलर मोडल थियो भने अर्को डिलक्स मोडल थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यामाहा इन्टाइसरमा १२३.७ सीसी, एयर कुल्ड, फोर स्टोक सिंगल सिलिण्डर इन्जिन दिइएको थियो । उक्त इन्जिनले १० पीएस पावर र ९.६ एनएम टर्क प्रदान गथ्र्यो । यसमा ४ स्पीडको गियरबक्स दिइएको थियो । सिट हाइट ७९० एमएम भएकाले सहजै जुनसुकै हाइट भएका मानिसलाई पनि उपयुक्त रहेको थियो । भेन्टेज लुक्समा रहेको फ्यूल ट्याङ्क यसको मुख्य आकर्षण रहेको थियो । प्रतिलिटर ४५ किलोमिटर माइलेज प्रदान गर्ने इन्टाइसरले सून्यदेखि ६० किलोमिटरको स्पीड भेट्टाउन ७ सेकेन्ड लगाउथ्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यामाहाको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज्ले विक्री वितरण गरेको यामाहा इन्टाइसरको विक्री बन्द हुने समयमा १ लाख ७८ हजार ९०० रुपैयाँ रहेको थियो । यामाहाको यो मोटरसाइकललाई टक्कर दिन बजाजले एभेन्जर बजारमा ल्याएसँगै यामाहाले यसको उत्पादन बन्द गरेको हो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु