यामाहाले सार्वजनिक गयो दशैं तिहार लक्षित योजना, शून्य प्रतिशत व्याजदर र ८ हजार नगद छुट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 15
  •  
  •  
  •  
  •  
    15
    Shares

यामाहाले दशैं तिहार लक्षित योजना सार्वजनिक गरेको छ । कम्पनीले १० प्रतिशत डाउन पेमेन्टदेखि शून्य प्रतिशत व्याजदर र ८ हजार नगद छुटको स्कीम सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको नयाँ स्कीम अनुसार १० प्रतिशत रकम डाउन पेमेन्ट गरेरै ग्राहकले यो मोटरसाइकल किन्न सक्ने छन् । अहिले FZS V3 को मूल्य ३ लाख २३ हजार ९०० रुपैयाँ रहेको छ । उक्त रकमको १० प्रतिशत बराबर ३२ हजार ३९० रुपैयाँ तिरेर ग्राहकले यो मोटरसाइकल खरिद गर्न सक्ने छन् । डाउन पेमेन्टको अतिरिक्त बीमा शुल्क र नामसारी शुल्क भने ग्राहकले तिर्नु पर्ने हुन्छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१० प्रतिशत डाउन पेमेन्ट तिर्ने ग्राहकले एफजेडएस भी थ्रीको लागि २ लाख ९१ हजार ५१० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । उक्त रकममा कम्पनीले १५ प्रतिशत व्याजदर लिने छ भने २४ किस्तामा उक्त रकम चुक्ता गर्नु पर्ने हुन्छ । यसरी लिँदा ग्राहकले मासिक १४ हजार १३४ रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ । यसका अलावा ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई शून्य प्रतिशत व्याजदर र नगदमा किन्ने ग्राहकलाई ८ हजार रुपैयाँ छुट दिने मोरङ अटो वर्कले जनाएको छ । यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ । दुबै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकल अहिले यामाहाको सर्वाधिक सफल मोडल हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु