काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्ताका क्रममा कोरोना संक्रमण बाट मृत्यु भएका ब्यक्तिहरुकोे अंग निकालेर ब्यापार भइरहेको भन्दै अफवाह फैलाउने ब्यक्तिलाइ प्रहरीले पक्रेको छ । उनले कोरोना भाइरस एक हल्ला मात्र रहेको र संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति विभिन्नय युट्युब च्यानलमार्फत दिएका थिए । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु नाम गरेका ब्यक्तिलाइ महानगरीय अपराध महाशाखाको टोलीले सोमबार पक्राउ परेको हो ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताए । पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो । पछिल्लो समय विभिन्न माध्यममा अन्तरवार्ता दिँदै उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै आएका थिए । तर, दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभएको पाइएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।