युइएफए नेसन्स लिगको चौथो राउन्डको खेलमा पोर्चुगलले रोनाल्डोविनै सानदार जित हात पा-यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 6
  •  
  •  
  •  
  •  
    6
    Shares

कप्तान तथा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले युइएफए नेसन्स लिगको समूह चरणको चौथो राउन्डको खेलमा सानदार जित हात पारेको छ । लिग ‘ए’ ३ को शीर्षस्थानमा रहेको पोर्चुगलले घरेलु मैदानमा स्वीडेनमाथि ३–० को सहज जित हात पारेको हो । लिसवोआमा बुधबार राति भएको खेलमा पोर्चुगलको सहज जितमा डिएगो जोटाले दुई तथा बर्नाडो सिल्भाले एक गोल गरे । कोरोना संक्रमणका कारण रोनाल्डोले स्वीडेनविरुद्धको खेल गुमाएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलको चौथो मिनेटमा नै घरेलु टोली अग्रता लिन सुवर्ण अवसर खेर फालेको थियो । जोआओ क्यान्सिलोको क्रसमा विलियम कार्भाल्होको फ्रि हेडर पोस्टमा लागेर बाहिरियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

१२औं मिनेटमा डिजना कुलुसेभ्स्कीको कर्नरलाई पेपेले क्लियर गर्न नसकेको बललाई मिकाइल लस्टिगले गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा स्वीडेनले अग्रता चुकायो । २१औं मिनेटमा पोर्चुगलले अग्रता बनायो । डिएगो जोटाको पासमा अनमार्क रहेका बर्नाडो सिल्भाले सहजै फिनिस गरेका थिए । ३५औं मिनेटमा लस्टिगको लो क्रसमा मार्कुस बर्गको प्रहार पोस्टमा लाग्दा स्वीडेन बराबरीबाट चुक्यो । ४४औं मिनेटमा डिएगो जोटाले गोल गरेपछि पोर्चुगलले खेलमा २–० को अग्रता लिन सफल भयो । उनले जोआ क्यान्सिलोको लामो पासमा अफसाइड बिट ट्रयाप गर्दै उत्कृष्ट फिनिस गरेका थिए ।
४८औं मिनेटमा लस्टिग र क्रिस्टोफोर ओल्ससनको वान टु वान पासमा बनेको मुभलाई पोर्चुगलका गोलरक्षक रुई प्याट्रिसियोले उत्कृष्ट बचाउ गरे । ६७औं मिनेटमा जोआओ फेलिक्स वान टु वानकै अवस्था चुके ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

७२औं मिनेटमा डिएगो जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई सहजजिततर्फ अघि बढाए । उनले विलियम कार्भाल्होको पासमा दुई डिफेन्डरलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ८४औं मिनेटमा भिक्टर क्लाइसनको क्रसमा एलेक्सान्डर इसाकको फ्लिक हेडरलाई प्याट्रिसियोले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा पोर्चुगलले ३–० को सहज जित निकाल्यो ।जितसँगै अपराजित रहेको पोर्चुगल लिग ‘ए’ ३ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान १० अंक नै भएपनि फ्रान्स दोस्रो स्थानमा रहेको छ । पराजित स्वीडेन अंकविहीन हदै पुछारमा रहँदा क्रोएसियाको ३ अंक छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु