युइएफए नेसन्स लिगको तयारी खेलमा पोर्चुगल र स्पेनको गोलरहित बराबरी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

युइएफए नेसन्स लिगको तयारी अघिको मैत्रीपुर्ण खेलमा पोर्चुगल र स्पेनले गोलरहित बराबरी खेलेको छ । पोर्चुगलमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि स्पेनले गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा टुगिंएको हो । खेलको दोस्रो मिनेटमा नै ड्यानियल ओल्मोले गोलको सुन्दर अवसर खेर फाल्दा स्पेन अग्रता लिबाट चुकेको थियो । जेरार्ड मोरेनोको पासमा ओल्मोले रुवेन सेमेडोलाई बिट गर्दै गरेको प्रहारमा पोर्चुगलका गोलरक्षक रुई प्याटिसियो बाधक बने । पाँचौ मिनेटमा ड्यानियल सेवालोसको थ्रु पासमा ओल्मो पुन चुके । ११औं मिनेटमा सर्जी रोबर्टोको पासमा रोड्रिगोको २० यार्ड टाढाको प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै सर्जियो रिगुइलोनको पासमा ओल्मोको प्रहारलाई गोलरक्षक प्याट्रिसियोले सहजै नियन्त्रणमा लिए । २५औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा रेनाटो सान्चेसको प्रहार क्रसबारबाट थोरै बाहिरिद पोर्चुगल अग्रता लिनबाट चुक्यो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

३०औं मिनेटमा जोओ मौटिन्होको क्रसमा रुवेन सेमेडोको प्रहार डिफ्लेक्ट हुदै बाहिरिदा पाएको कर्नरमा आन्द्रे सिल्भाको हेडर प्रयास सफल हुन सकेन । ४३औं मिनेटमा पोर्चुगलले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो । रेनाटो सान्चेस हुदै रोनाल्डोबाट आएको पासमा राफयल गुरेरोको १० यार्ड भित्रको हाफ भली प्रहार क्रसबारबाट थोरैले बाहिरियो । ४५औं मिनेटमा मौटिन्होको फ्रिकिकमा रोनाल्डोले अफसाइड बिट ट्रयाप गर्दै गरेको हेडरले पोस्टको दिशा लिएन । ५३औं मिनेटमा रोनाल्डोको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा पोर्चुगल अग्रता लिनबाट चुक्यो । रिवाउन्डमा सान्चेसको प्रहार पनि आकासियो । ६७औं मिनेटमा रोनाल्डोको पासमा सान्चेसको अर्को प्रहार क्रस बारमा लाग्दै बाहिरिदा पोर्चुगल चुकचुकायो । ७५औं मिनेटमा जोआओ फेलिक्सको पासमा ट्रिन्काओको प्रहारलाई स्पेनका गोलरक्षक किपा एरिजाबालागाले बचाए । इन्ज्युरी समयमा दुवै टोलीबाट केही सुवर्ण अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दाखेल गोलरहित बराबरीमा टुगिंयो । पोर्चुगलले रोनाल्डोलाई ७३औं मिनेटमा सब्सिच्युट गर्दा स्पेनले अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोसलाई दोस्रो हाफमा मैदानमा उतारेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यि दुई टोली २०१८ पछि पहिलोपटक प्रतिस्पर्धा गरेको हो । रसियामा १५ जुन २०१८ मा भएको विश्वकपको समूह चरणमा यि दुई टोलीले ३–३ गोलको बराबरी खेलेका थिए । जसमा रोनाल्डोले ह्याट्रिक पुरा गर्दै खेललाई बराबरी गरेका थिए । मैत्रीपुर्ण खेलपछि नेसन्स लिग ‘ए’ को ग्रुप ३ मा रहेको पोर्चुगलले तेस्रो राउन्डमा विश्वविजेता फ्रान्ससँग १२ अक्टोवर र १५ अक्टोवरमा स्वीडेनसँग खेल्दैछ । समूहमा पोर्चुगल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ६ अंक भएपनि फ्रान्स गोलअन्तरमा दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र चौथो स्थानमा छ । यता, नेसन्स लिगको नेसन्स लिगको ‘ए’ को ४ मा रहेको स्पेनले ११ अक्टोबार स्वीट्जरल्यान्डसँग तथा १४ अक्टोवरमा युक्रेनसँग खेल्ने तालिका छ । समूहमा स्पेन दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । युक्रेनको ३ तथा जर्मनीको २ अंक छ । १ अंक जोडेको स्वीट्जरल्यान्ड पुछारमा छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु