युइएफए नेसन्स लिगको तेस्रो राउन्डको खेलमा स्पेनले स्वीट्जरल्यान्डमाथि झिनो जित निकालेको छ । स्पेनले घरेलु मैदानमा स्वीट्जरल्यान्डलाई १–० ले हराएको हो । अल्फ्रेडो डि स्टेफानो म्याड्रिडमा शनिबार राति भएको खेलमा स्पेनको जितमा मिकेल ओयरजावालले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गरेका थिए । गोलरक्षक यान सोम्मेरको गम्भीर गल्तीमा मिकेल मोरेनोले बल भेट्टाउदै दिएको पासमा ओयरजावालले गोल गर्न सफल भएका थिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
त्यसअघि सोही मुभ बन्नु अघि स्पेनले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले त्यसलाई वास्ता नै गरेन । १२औं मिनेटमा सिल्भान वेडमेरको क्रसमा लोरिस बेनिटोको प्रहारलाई गोलरक्षक डेभिड हे गेयाले बचाउदै स्वीट्जरल्यान्डको अग्रता टारेका थिए ।
२९औं मिनेटमा जेसस नाभासको क्रसमा फेरान टोरेसको प्रहारलाई गोलरक्षक सोम्मेरले उत्कृष्ट बचाउ गरेपछि स्पेन अग्रता दोब्बर पार्नबाट चुक्यो । ५३औं मिनेटमा गोलरक्षक सोम्मेरले अर्को गल्ती गरेपनि यसपटक ओयरजावालले सदुपयोग गर्न सकेन ।



JUNGLE






from the
city



५५औं मिनेटमा स्वीट्जरल्यान्ड बराबरीबाट चुक्यो । एडमिर मेमेडीको प्रहारलाई गोलरक्षक गेयाले सहजै नियन्त्रणमा लिए । ६१औं मिनेटमा मिकेल मेरिनोको प्रहार सदुपयोग हुन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेनले १–० का जित निकाल्न सफल भयो । जितसँगै लिग ‘ए’ को ४ मा रहेको स्पेन ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ खेलबाटै जर्मनीको ५ अंक पुगेको छ । युक्रेनको ३ तथा पराजित स्वीट्जरल्यान्डको १ अंक छ । अब चौथो चरणमा स्पेनले युक्रेनको तथा स्वीट्जरल्यान्डले जर्मनीको सामना गर्नेछ ।
अन्य नतिजा
ग्रुप ‘ए’ – ४
युक्रेनविरुद्ध जर्मनी (१–२)
ग्रुप ‘सी’ – १
लक्जेमवर्गविरुद्ध साइप्रस (२–०)
मोन्टेनेग्रोविरुद्ध अजरवैजान (२–०)
ग्रुप ‘डी’ – १
फारोइ आइल्यान्डविरुद्ध लात्भिया (१–१)
ग्रुप ‘डी’ – २
लिचेस्टानइनविरुद्ध जिब्राल्टार (०–१)