युटयुबले डोनाल्ड ट्रम्पको च्यानलबाट भिडियो सामाग्रीहरु हटाउनुका साथसाथै नयाँ अपलोडलाई पनि ब्लक गरेको छ । केही दिन अघि मात्रै ट्रम्पको ¥यालीमा नराम्रो घट्नाहरु भएकाले उनको अकाउन्टलाई थुप्रै सामाजिक सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको हो । युटयुबले पनि यो भन्दा पहिले भने एउटा मात्रै भिडियोलाई प्रतिबन्ध गरेर छाडिदिएको थियो तर यो पालि भने नयाँ अपलोडमा पनि ब्लक गरेको छ । फेसबुकले अनिश्चित कालका लागी डोनाल्ड ट्रम्पको अकाउन्ट प्रतिबन्ध गरिदिएको छ भने ट्वीटरले सधैँभरिका लागी अकाउन्टलाई खारेज गरिदिएको छ। युट्युबको अनुसार डोनाल्ड ट्रम्पले युट्युबको नियम नमानेकाले यस्तो प्रतिबन्ध लगाइएको हो । यो न्यूनतम एक हप्ताको लागी लगाइएको छ । भविष्यमा अझै पनि हिंसाको अवस्था आउन सक्ने डरले यो प्रतिबन्ध लगाएको युट्युबले जनाएको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185