युभेन्टरसको नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

साविक विजेता युभेन्टरसले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा साम्पडोरियामाथि ३–० को सहज जित निकाल्दै युभेन्टसले विजयी सुुरुवात गरेको हो । यससँगै नयाँ प्रशिक्षक आन्द्रे पिर्लोेले पनि सिरी ‘ए’ मा सुखद सुरुवात गरेको छ । आफ्नो प्रशिक्षणमा पिर्लोले पहिलो सफलता हात पारेका हुन् । एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दो बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

खेलको शुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएको युभेन्टसले १३औं मिनेटमा गोलको खाता खोलेको थियो । पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै रोनाल्डोले बल अघि बढाउने प्रयास गरेपनि फुस्किएको बललाई डिजानले उत्कृष्ट फिनिस गरेका थिए । त्यसअघि खेलको छैटौ मिनेटमा डिफेन्डर डानिलोको प्रहार बाहिरिदा युभेन्टस अग्रता लिनबाट चुकेको थियो । ११औं मिनेटमा आरोन राम्सेको पासमा क्रिस्टियानो रोनाल्डोको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । २४औं मिनेटमा राम्सेकै पासमा रोनाल्डोको शक्तिशाली प्रहार बारमा लागेर बाहिरिदा युभेन्टस अग्रता दोब्बर पार्नबाट चुक्यो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

४३औं मिनेटमा वेस्टन म्याकिनीको प्रहारले पोस्टको दिशा लिन सकेन । ४५औं मिनेटमा रोनाल्डोले बल फुस्काएपछि फवियो दिपाओलीले अघि बढाउदै गरेको प्रहार पोस्टबाट थोरै बाहिरिदा साम्पडोरिया बराबरीबाट चुक्यो । ४८औं मिनेटमा राम्सेको पासमा जियानलुका फ्राबोट्टाको प्रहारलाई साम्पडोरियाका गोलरक्षक इमिल ओउडेरोले बचाए । ५३औं मिनेटमा रोनाल्डोको प्रहारलाई माया योसिदालाई डिफ्लेक्ट हुदै बाहिरियो । ५९औं मिनेटमा युभेन्टसले अर्को अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । फ्राबोट्टाको क्रसमा जुआन कोर्डाडो हुदै रोनाल्डोले गरेको प्रहार बाहिरिएको थियो । ७५औं मिनेटमा रोनाल्डोले फ्रिकिकलाई सदुपयोग गर्न सकेनन् ।

लगातार एकपछि अर्को पोस्ट आक्रमण बुनेको युभेन्टसले ७९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । कुलुसेभ्स्सीको कर्नरबाट आएको बललाई साम्पडोरियाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई वेस्टन म्याकिनीले गरेको प्रहारलाई गोलरक्षक इमिल ओउडेरोले बचाएपनि रिवाउन्डमा क्लोज रेन्जबाट लियोनार्दो बोनुचीले गोल गर्न सफल भएका थिए । ८३औं मिनृेटमा एल्विन एकडलको प्रहारलाई युभेन्टसका गोलरक्षकले सहजै नियन्त्रणमा लिए । ८५औं मिनेटमा वेस्टन गोलाजिक पुगेर चुके । एकपछि अर्को प्रहार विफल भएको रोनाल्डोले अन्तत ८८औं मिनेटमा गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए । आरोना राम्सेको पासमा रोनाल्डोले पेनाल्टी बक्सभित्रबाट गोल गरेका थिए ।

अन्य नतिजा
पार्माविरुद्ध नेपोली ९०–२०, जिनोआविरुद्ध क्रोटोन ९४–१०, सस्सुलोविरुद्ध काग्लिएरी ९१–१०

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु