युभेन्टसले गएराति नापोलीलाई २–० लाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जित्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

क्रिष्टियानो रोनाल्डोले गोल गरेको दिन युभेन्टसले गएराति नापोलीलाई २–० लाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ। युभेन्टसका पूर्वमिडफिल्डर आन्द्रे पिर्लोले प्रशिक्षकका रुपमा पहिलो उपाधि उचाले। पोर्चुगलका फरवार्ड रोनाल्डोले भलीमार्फत गरेको गोलमा युभेन्टसले ६४औं मिनेटमा अग्रता लिएको थियो। रोनाल्डोको करियरमा यो ७६०औं गोल हो। वैकल्पिक खेलाडी अल्भारो मोराटाले इन्जुरीमा समयमा अर्को गोल थपेपछि युभेन्टसले जित पक्का भएको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

त्यसअघि ८०औं मिनेटमा लोरेन्जो इनसाइन पेनाल्टीमा गोल गर्न चुक्दा नेपोलीले बराबरी गर्ने अवसर खेर फालेको थियो। ‘‘उपाधि उचाल्न पाउँनु रमाइलो क्षण हो,’’ इटालियन सिरीको पाँचौं स्थानको युभेन्टसका प्रशिक्षक पिर्लोले भने, ‘‘खेलाडीका रुपमा भन्दा प्रशिक्षकका रुपमा उपाधि उचाल्दा अझ सुखद हुने रहेछ। इन्टर मिलानसँग पराजित भएलगत्तै हामीले यो सफलता हासिल गरेका छौं। त्यसकारण पनि यसको महत्व अझ बढी छ।’’

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु