कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा युरोपमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी लगायत देशमा मृतकको संख्या बढेको हो। यी देशमा गत अप्रिल र मार्चमा पनि धेरै प्रभावित भएका थिए। फ्रान्समा शुक्रबार मात्र ८२८ जनाको मृत्यु भयो। पछिल्लो साता त्यहाँ करीब तीन हजार २०० को मृत्यु भइसकेको छ। इटालीमा पनि दैनिक मृत्यु हुनेको संख्या उकालो लागिरहेको छ। त्यहाँ शुक्रबार ४४६ जनाको मृत्यु पुष्टि भएको थियो। बिहीबार पनि ४२८ जनाको मृत्यु भएको थियो।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
उता स्पेनमा शुक्रबार ३४७ र बिहीबार ३६८ जनाको मृत्यु भयो। बेलायतमा शुक्रबार ३५५ जनाको मृत्यु भएको थियो। स्पेनमा पछिल्लो एक हप्तामा दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ। स्पेन र जर्मनमा दैनिक मृत्यु बढिरहेको छ। अन्य देशको तुलनामा जर्मनीमा भने मृत्युदर कम भएको पाईएको छ। यी देशमा गएको अप्रिलमा दैनिक एक हजार आसपासमा संक्रमितहरुको मृत्यु भएको थियो। मे महीनाबाट मृत्युदर घट्दै गएको थियो। जुनदेखि अक्टोबर दोस्रो सातासम्म दैनिक मृत्युदर दोहोरो अंकमा सीमित थियो। जुनदेखि सेप्टेम्बरसम्म दैनिक ३० भन्दा कम संक्रमितको मात्र मृत्यु भएको थियो।



JUNGLE






from the
city



संक्रमण दर बढेसँगै युरोपका अधिकांश देशले लकडाउन घोषणा गर्नुका साथै कतिपयले स्वास्थ्य मापदण्डमा कडाइ गरेका छन्। पहिलो लहरमा संक्रमितको संख्या तुलनात्मक कम भेटिएका बेल्जियम र पोल्याण्डमा पनि दोस्रो लहरले बढी प्रभावित बनाएको छ। चेक गणतन्त्र र नेदरल्यान्ड्समा पनि संक्रमित बढिरहेका छन्। अहिलेसम्म विश्वमा चार करोड ९६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। तीमध्ये १२ लाख ४८ हजार ५६५ जनाको मृत्यु भइसकेको छ।