बेलायतमा नयाँ प्रजातिको कोरोना भाइरस युरोपका अधिकांश देशहरुमा देखिन थालेको छ । उक्त भाइरस तीव्र रुपमा फैलिन थालेपछि युरोप भर सन्त्रास फैलिएको छ । तीव्र रुपमा भाइरस फैलन थाले पछि जर्मन स्वाथ्यमन्त्री जेन्स स्फानले आफ्ना देशका नागरिकलाई सचेत रहन र भीडाभाड र भेटघाट नगर्न अपिल गरेका छन्। त्यस्तै, जर्मन चान्सलर एन्जेला मर्केलले पनि अन्य देशबाट हुने आवतजावतमा कडा नियन्त्रण गरिने घोषणा गरेकी छन्। उता, डेनमार्क सरकारले पनि लकडाउन अझै लम्बिने संकेत गरेको छ। स्पेनमा पनि अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई घरबाहिर ननिस्कन अपिल गरिएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185