यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा म्यानचेस्टर युनाइटेडले पिएसजीलाई पराजित गरेको छ । गएराती सम्पन्न पिएसजीको घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पिएसजीलाई २(१ गोल अन्तरले जित हासिल गरेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कोस राशफोर्डले एक एक गोल गरेका थिए भएन पिएसजीका लागि युनाइटेडकै एन्थोनी मार्सियलले आत्मघाती गोल गरेका थिए ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
यस खेलमा पिएसजीका नेइमार प्रभावहिन देखिएका थिए । नेइमारलाई यसै खेलका लागि पिएसजीको पछिल्लो खेलमा आराम दिइएको थियो । नेइमारले च्याम्पियन्स लिगको पछिल्लो चार लगातार खेलमा गोल गर्न असफल भएका छन् । यो जितसहित समुह एचमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । यसै समुह अन्तर्गत गएराती सम्पन्न खेलमा आरबी लेइपजिंगले इस्तानबुल बसाकसेहिरलाई २(० गोल अन्तरले पराजित गर्दै ३ अंक हासिल गरेको छ । अब पिएसजीले अर्को खेल अक्टोबर २८ मा इस्तानबुल बसाकसेहिरसँग खेल्दै छ भने म्यानचेस्टर युनाइटेडले अक्टोबर २९ मा आरबी लेइपजिंगविरुद्ध खेल्दै छ ।