यूएईमा सामाजिक सञ्जालमा गालीगलौज वा होच्चाएर कमेन्ट गरेमा जेल सजाय र जरिबाना हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

यूएई प्रहरीले सामाजिक सञ्जालमा कसैलाई गालीगलौज वा होच्चाएर कमेन्ट नगर्न चेतावनी दिएको खबर गल्फ न्युजले लेखेको छ । सामाजिक सञ्जालका पोस्टहरुमा लेखिने कमेन्टहरुमा पनि विशेषगरी अरुको मानहानी हुने र निन्दा गरेर लेखिएका कमेन्टमा जेल सजाय र जरिबाना वा दुबै सजाय हुने जनाइएको छ । यस्तो कमेन्ट गर्नेहरुलाई २ लाख ५० हजार यूएई दिर्हामदेखि पाँच लाख दिर्हामसम्म जरिबाना हुन सक्नेछ । ल नम्बर ५ २०२० को धारा २० ले साइबर अपराध हुन नदिन जसले यस्ता क्रियाकलाप गर्छन् उनीहरुलाई सजाय गर्ने भएको हो । त्यसका लागि टेलिकमको नेटवर्क वा अन्य कुनै आईटी प्रविधिको प्रयोग गर्ने यूएई प्रहरीले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यूएई प्रहरीले २०१९ मा सामाजिक सञ्जालको प्रयोगमार्फत दुर्व्यवहार बढेको जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगमा विषेशगरी अनलाइन दुव्र्यवहार, धम्की र ब्याल्कमेल, झुटो समाचारको प्रकाशन र प्रशारण, अरुको निजी मामलामा हस्तक्षेप, दुर्व्यवहारजन्य कमेन्ट गर्नु, झुटो विज्ञापन पोस्ट गर्ने लगायत रहेका छन् । अप्रिल महिनाको सुरुमा सामाजिक सञ्जालको दुरुपयोग गर्ने दुईजना पक्राउ परेका थिए । उनीहरुले नैतिकतामा असर गर्नेगरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए । यो पोस्ट देशभरी नै भाइरल भएको थियो । यूएईले सामाजिक सञ्जाल प्रयोगकर्ता कुनै पनि सामग्री पोस्ट गर्दा उत्तरदायी र नैतिकवान हुनपर्ने बताएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सामाजिक सञ्जालमा बालबालिका र युवाको ठूलो पहुँच हुने भएकाले सामाजिक सञ्जालमा केही लेख्नुअघि, फोटो र भिडियो पोस्ट गर्नुअघि सचेत हुन आग्रह पनि गरिएको छ । आबुधाबी प्रहरीले सर्वसाधारण व्यक्तिलाई आँच पुग्नेगरी सामाजिक सञ्जालमा कुनै पनि कुरा नलेख्न चेतावनी दिएको छ । लाइन, साइन, सिम्बोल, फोटो, अडियो भिडियो कुनै पनि सामग्री जसले पब्लिकलाई असर गर्छ त्यस्ता सामग्री पोस्ट गरेमा कडा कारबाही हुनेछ । त्यसैले तपाईँ पनि यूएईमा हुनुहन्छ भने सामाजिक सञ्जाल प्रयोग गर्दा, कमेन्ट लेख्दा, फोटो, भिडियो पोस्ट गर्दा सचेत हुनुहोला ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु