यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न सरकारको आग्रह

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 18
  •  
  •  
  •  
  •  
    18
    Shares

सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । धेरै जिल्लाले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय नै गरिसकेका छन् । उपत्यकाका तीनवटै जिल्लामा पनि रोक लगाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार यससम्बन्धी निर्णय गरिसकेको छ । गृह मन्त्रालयले देउसी–भैलो खेल्न बालबालिकालाई घरबाहिर जान नदिन अभिभावकहरूलाई आग्रह गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मन्त्रालयले पटाका, भुइँचम्पा, आतसबाजीजस्ता वस्तुको प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको जनाएको छ । तिहार तथा छठको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

उपत्यकामा दिउँसो पनि मापसे चेकिङ
चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत उपत्यकामा प्रहरीले चेकजाँच बढाएको छ । बुधबारदेखि मुख्य सडकहरूमा चेकपोस्ट थपेर चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले दिउँसै मापसे जाँचसमेत थालेको छ । चाडपर्वको समयमा दिउँसोसमेत मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति हुने भएकाले दिउँसो पनि चेकजाँच थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चाडपर्वको समयमा लुटपाटका घटना बढ्न सक्ने भन्दै सुरक्षा जाँच कडा गरिएको हो । कडाइका कारण विगतका वर्षको तुलनामा चोरी तथा लुटपाट नगन्य मात्र भएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । जुवातास नियन्त्रणमा पनि प्रहरीले निगरानी बढाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु