राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा प्रचण्ड नेपाल समूहका नेता रघुजी पन्तविरुद्ध कानुनी प्रक्रिया थाल्ने भएकी छन् । पिडौला देखाउँदै पोइला जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद् बनाएको अभिव्यक्ति दिएका पन्तविरुद्ध वलीले मानहानी मुद्दा दायर गर्ने भएकी छन् । हाल दाङमा रहेकी वली मंगलबार काठमाडौंमा आएसँगै कानुनी प्रक्रियामा जाने बताइएको छ । एक कार्यक्रममा पन्तले कोमल ओलीले पार्टीको लागि योगदान नगरेको तर, पिडौला देखाउँदै पोइला जान पाम भनेपछि प्रधानमन्त्रीले सांसद् बनाएको टिप्पणी गरेका थिए । यसको विरोध गर्दै वलीले आइतबार ट्वीटमा पन्त दरिद्रसोच भएका निच व्यक्ति भएको जनाएकी थिइन् ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185