काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएका छन् । हालै मात्र न्युज २४ टेलिभिजन छोडेका लामिछानेले नेपालकै पहिलो फोरके टेलिभिजन च्यानल सुरु गरेका हुन् । लामिछाने उक्त टेलिभिजनका लागि म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन् । च्यानलको नाम ‘ग्यालेक्सी फोरके’ राखिएको छ । अझै पनि केही च्यानलहरु भने एचडी प्रविधिमा समेत अपग्रेड हुन समेत सकेका छैनन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
रवि लामिछानेले यस अघि काम गर्दै आएको न्युज २४ टेलिभिजन समेत एसडी (स्ट्याण्डर्ड डेफिनेसन) प्रविधिमा आधारित रहेको थियो । उनले व्यक्तिगत रुपमा समेत एसडीबाट सोझै फोरके स्क्रिनमा आफूलाई प्रस्तुत गर्ने भएका छन् । लामिछानले आफूहरुले नेपालमै पहिलो फोरके टिभी च्यानल ल्याएको बताए । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत उनले एक नयाँ सञ्चार माध्यम थपिएको बताए। उनले भने, ‘जनताको आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गर्नेगरी नयाँ टेलिभिजन सञ्चालनमा ल्याएका छौं ।’



JUNGLE






from the
city



ग्यालेक्सी फोरके टेलिभिजनमा क्राइम पेट्रोल नेपाल, को बन्छ करोडपति, रामायण, सारेगम, लाल मोहर, सिधा कुरा, आविष्कार लगायतका कार्यक्रम प्रशारण हुनेछन् ।