काठमाडौं । नेपाली राइड शेयरिङको बजारमा थप एउटा सेवाप्रदायक कम्पनी थपिएको छ । राइड शेयरिङदेखि हेलिकोप्टर बुकिङसम्मको सुविधा उपलब्ध गराउने उद्देश्यका साथ एटेन्ड नामक एप सञ्चालनमा आएको हो । हाल कम्पनीले सफ्ट लञ्चको रुपमा आफ्नो सेवा सुरु गरिसकेको छ । यसैसाता सञ्चालनमा आएको यो एपमा बाइक,ट्याक्सी, एम्बुलेन्स, शव बहान, कार, जिप, ट्रक, बस र हेलिकोप्टरको सेवा समेत समावेश छ । नेपालभर सेवा दिने उद्देश्यका साथ एप सञ्चालनमा ल्याइएको कम्पनीका सीईओ भिम भण्डारीले जानकारी दिए । ‘हामीले अहिले सफ्ट लञ्चको रुपमा आफ्नो सेवा आरम्भ गरेका छौं,’ उनले भने, ‘एक महिना जतिमा औपचारिक रुपमा नै सेवा सञ्चालनमा ल्याउने योजना छ ।’ सीईओ भण्डारीका अनुसार सफ्ट लञ्च भएको एक साता नबित्दै एपमा साढे पाँच सयभन्दा बढी सवारीसाधन आवद्ध भइसकेका छन् । कम्पनीले राइडर तथा सवारी चालकको कोरोना परीक्षण अनिवार्य गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
‘कोरोना परीक्षणमा लाग्ने सबै शुल्क कम्पनीकै तर्फबाट ब्यहोरिरहेका छौं,’ भण्डारीले भने, ‘रिपोट नेगेटिभ आएको खण्डमा मात्रै हामी उहाँहरुलाई राइड शेयरिङका लागि अनुमति दिन्छौं ।’ कोरोना भाइरसको महामारी फैलिन नदिन पृथक र सचेत ढंगल सेवा दिन थालिएको कम्पनीले जनाएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणमा आउँदै गएसँगै सेवालाई आक्रामकताका साथ बजारमा लैजाने योजनामा कम्पनी रहेको छ । अबको एक महिना अवधिमा साढे तीन हजार सवारीसाधन आवद्ध गरिसक्ने कम्पनीको लक्ष्य छ । एटेन्डको मोबाइल एप आईओएस र एन्ड्रोइड दुवैका लागि उपलब्ध छ ।



JUNGLE






from the
city


