काठमाडौं । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी भएको छ । बिहीबार झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको हो । त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता–कार्यकर्ता जुलुस लिएर घरमै पुगेका छन् । अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रहरीले झाँक्रीलाई अहिलेसम्म पक्राउ भने गरिसकेको छैन ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185