अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडामा यही शनिबार चुनावी अभियान चलाउन चाहेको बताएका छन् । कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा निको नभइसक्दा नै ट्रम्पले अभियानको तयारी गरेका हुन् । फक्स न्युजका लागि दिएको अन्तर्वार्तामा उनले यस्तो बताए । ‘मलाई लाग्छ कि, यदी हामीसँग समय भयो भने शनिबार राति र्यालीको तयारी गरौँ कि भनेर । तर हामी शनिबार नै फ्लोरिडामा सम्भवत आमसभा गर्न चाहन्छौँ,’ ट्रम्पले भनेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
साथै उनले आइतबार नै पेनसिल्भेनियामा पनि अर्को र्याली आयोजना गर्ने बताइएको छ । कोरोना संक्रमति ट्रम्पलाई यस साताको अन्त्यमा मात्रै सार्वजनिक गतिविधि गर्न चिकित्सकले अनुमति दिएका थिए । दुई दिनको अस्पताल बसाइपछि ट्रम्प ह्वाइटहाउस फर्किएका हुन् । उनकी पत्नी मेलानियालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा आगामी नोभेम्बर ३ देखि राष्ट्रपतीय निर्वाचन हुँदैछ । यसका लागि रिपब्लिकन पार्टीको तर्फबाट वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प उम्मेदवार छन् भने प्रतिपक्षी दल डेमोक्रेटिकको तर्फबाट जो बाइडेन उम्मेदवार छन् ।



JUNGLE






from the
city


