राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच पहिलो बहस आज हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 14
  •  
  •  
  •  
  •  
    14
    Shares

अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनबीच पहिलो बहस आज हुँदैछ। बहस मंगलबार राति ९ बजे (नेपाली समयअनुसार बुधबार बिहान ७ः४५ बजे) हुनेछ। चुनाव प्रचारको अन्तिम दौडम रहेका उनीहरुबीच तीन चरणको बहस हुनेछ। दोस्रो बहस १५ र तेस्रो २२ अक्टोबरमा हुनेछ। अमेरिकी राष्ट्रपति पदको निर्वाचन ३ नोभेम्बरमा हुनेछ। ट्रम्प रिपब्लिकन र बाइडेन डेमोक्र्याट उम्मेद्वार हुन्। कोरोनाभाइरस महामारीका कारण यो वर्षको बहस केही फरक हुनेछ। यसपटक बहसका सहजकर्ता एक जना मात्र हुने छन्। ‘प्यानालिस्ट’ हुने छैनन्। दर्शक राख्ने या नराख्ने भन्ने ‘डिबेट कमिसन’ले कुनै जानकारी दिएको छैन।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सीएनएनका अनुसार बहसकर्ता र सहजकर्ताले मास्क लगाउने छैनन्। तर, हात मिलाउने ऐतिहासिक परम्परा यसपटक हुने छैन। ट्रम्पकी पत्नी मेलानिया र छोरी इवान्का दर्शकको सिटमा बस्न पाउने छन्। बहस केस वेस्टर्न रिजर्व विश्वविद्यालय ओहायोमा हुनेछ। बहस ९० मिनेटको हुनेछ। बीचमा विश्राम हुने छैन। बहसको सहजकर्ता फक्स न्यूजका प्रस्तोता क्रिस वालेस हुने छन्। उनले सन् २०१६ को निर्वाचनअघि ट्रम्प र डेमोक्र्याट उम्मेद्वार हिलारी क्लिन्टनबीच पनि बहस गराएका थिए। पहिलो बहस ६ वटा मुद्दामा केन्द्रित हुने जनाइएको छ। यसपटक दुवै उम्मेद्वारको विगत, सर्वोच्च अदालत, कोरोनाभाइरस, अर्थतन्त्र, नस्लवादी हिंसा र चुनावी निष्ठामाथि बहस हुनेछ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु