गत हप्ता कोरोना संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा प्रयोग भएको ‘रिजेनेरोन एन्टिबडीज’ मा आधारित कोभिड–१९ औषधिको ट्रायलमा सहभागी हुन चाहने बिरामीहरुको माग अहिले दिन प्रति दिन बढ्दै गएको छ । अझैपनि परीक्षणकै चरणमा रहेको रिजेनेरोन थेरापीबारे बुधबार ट्रम्पले पोस्ट गरेको भिडियोमा पनि उल्लेख गरिएको छ जसमा उनले सो औषधि सबैका लागि निःशुल्क उपलब्ध गराइने दाबी गरेका हुन् । तर उता मेडिकलतर्फका विज्ञहरुले चाहिँ यो उपचारको प्रयोग ठूलो स्तरमा बढाउनु अगाडि यसको प्रभावकारीता पुष्टि गर्न पर्याप्त डाटा आवश्यक पर्ने बताइरहेका छन् ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
कम्पनीका प्रवक्ताले बताएअनुसार ट्रम्पका डाक्टरले सोमबार उनको रगत परीक्षण गर्दा त्यसमा संक्रमणसँग लड्ने एन्टिबडिज फेला परेको बताएका थिए जुन सम्भावित रुपमा यही उपचारपछि उत्पादन भएको हो । यस्तोमा कम्पनीले बुधबार नै अमेरिकी खाद्य तथा औषध विभागकहाँ यो उपचारलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिन माग गरेको बताएको छ । ह्वाइटहाउस बाहिर खिचिएको भिडियोमा ट्रम्पले रिजेनेरोन थेरापीकै कारण आफूमा धेरै सुधार आएको र ठीक भएको भनि यसलाई श्रेय दिएका थिए । र, आफूले अब यस किसिमका उपचारलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिनमा सक्दो जोड दिने पनि बताएका हुन् ।



JUNGLE






from the
city



रिजेनेरोनको औषधि वास्तवमा दुई किसिमका ‘मोनोक्लोनल एन्टिबडिज’ को मिलावट हो । ती एन्टिबडिज संक्रमणसँग लड्न हाम्रो प्रतिरोधात्मक प्रणालीले प्रयोग गर्ने मुख्य हतियार हुन् । तर पर्याप्त डाटा संकलन नभएसम्म ठूलो स्तरमा यसको प्रयोग गर्न उचित नहुने विज्ञहरुको भनाइ छ । संक्रमण रोग विशेषज्ञ डाक्टर एन्थोनी फौसीले पनि यस सम्बन्धी विभिन्न चरणमा अध्ययन एवम् परीक्षण नगरि कुनैपनि औषधिको प्रभावकारीता प्रमाणित गर्न नसकिने बताएका हुन् । रिजेनेरोनले ‘डुअल–एन्टिबडि ककटेल’ को ३ लाख डोज बनाउनका लागि अमेरिकी सरकारबाट ४५ करोड डलर बराबरको आर्थिक सहयोग प्राप्त गरेको थियो र कम्पनीले यसलाई निःशुल्क वितरण गर्ने पनि बताएको छ ।