लेबनानका राष्ट्रपति मिसेल आओनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गरेकी छन्।
सन्देशमा राष्ट्रपति भण्डारीले समकक्षी आओनलाई विस्फोटमा ज्यान गुमाएकाका परिवारजन, लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना, सहानुभूति र ऐक्यबद्धता प्रकट गरिन् ।
शोकको यस घडीमा विष्फोटमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै जारी उद्धारका प्रयास सफल हुने चाँडोभन्दा चाँडो त्यहाँको अवस्था पूर्ववत्रुपमा सामान्य बन्ने विश्वास सन्देशमा व्यक्त गरिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा लेवनान सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना प्रकट
- सिम्रिक खबर
- • ६ महिना अगाडि